२०८२ बैशाख ९ गते सोमवार

मंगलबार पनि देशैभर मौसम बदली, उच्च पहाडी जिल्लामा हिमपातको सम्भाबना



२१ पुष, दाङ । मंगलबार पनि देशैभरि मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने र अन्य केही भूभागमा पानी पर्नेछ ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले देशभर सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने वाग्मती प्रदेशका एक(दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

पश्चिमी वायुको प्रभावका कारण आइतबारदेखि देशभरको मौसममा बदली भएको छ । यो प्रणालीको प्रभाव बुधबारसम्म रहने र त्यसपछि भने भने कम हुँदै जाने महाशाखाले जनाएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्