२०८१ चैत्र १० गते आइतवार

राेकियाे शिक्षककाे सरूवा : पूर्वअनुमति लिएकाहरूले भने सरूवा हुन पाउने



२१ पुस,दाङ ।
शिक्षामन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ।

अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले जिल्लान्तर सरूवा रोकिएको मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले बताए ।‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ।

केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउनेछन्। ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरूवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरूको जिलान्तर सरूवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको छ,’ उनले भनेका छन्।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्