२०८१ माघ ७ गते सोमवार

दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी



२१ पुस ,दाङ। दाङ जिल्ला उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि भएको निर्वानबाट अध्यक्षमा टंकसिंह बुढाथोकी बिजयी भएका छन् । अध्यक्षमा विजयी बुढाथोकीले १ हजार २ सय ५७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका बागी उम्मेदवार बसन्त जोशीले १ हजार १३ मत लिएर पराजित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा १ हजार २ सय ६३ मत प्राप्त गरी सुशील पोख्रेल विजयी भएका छन् । कोषाध्यक्ष पदका बागी उम्मेदवार धनपति शर्मा ९ सय ८५ मत लिएर पराजित भएका छन् ।
सोमबार विहान आठ बजेदेखि भएको मतदानमा ५६ दशमलव १० प्रतिशत मतदाताले भाग लिएको निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिए ।

कुल ४ हजार ३ सय ३८ मतदाता रहेको संघमा २ हजार ४ सय ३२ मत खसेको थियो । १ सय ५१ मत बदर भएको थियो । कुल २१ सदस्यीय रहने नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पदबाहेक सबै पदमा सर्वसहमतिमा पदाधिकारी निर्विरोध चयन भइसकेको छ । तर, अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमति हुन नसकेपछि निर्वाचन भएको थियो।

अध्यक्षमा निर्वाचित बुढाथोकी र कोषाध्यक्षमा निर्वाचित पोख्रेलल साझा उम्मेदवार थिए भने जोशी र शर्मा स्वतन्त्र उम्मेदवार थिए ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्