२०८१ असार ३ गते आइतवार

तोलामा १ लाख २१ हजार नाघ्यो सुनको मूल्य



१८ मंसिर, काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले तोलामा १ लाख २१ हजार नाघेर नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार मंसिर १७ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।सोमबार चाँदीको भाउ प्रतितोला १५ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्