२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुर महोत्सव स्थल सरसफाई



१८ मंसिर,तुलसीपुर –
दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम ऐतिहासिक महोत्सव लाग्ने स्थलमा आज सरसफाई गरिएको छ । सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी, चेम्बरका पदाधिकारी लगाएतकोे सहभागिता रहेको थियो ।

करिब डेढ विघाह क्षेत्रफल रहेको जग्गामा छरिएर रहेका फोहर जन्य सुर्ति, गुट्खा, काँचका टुक्रा तथा झाडी सफाई गरिएको होे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको सरसफाई अभियानको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।

स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नारासहित आउँदो पौष १ गतेदेखी १२ गतेसम्म संचालन हुने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । महोत्सवमा ५ करोडको कारोबार हुने र ३ लाख बढीले अवलोकण गर्ने आयोजकले बताएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्