२०८१ मङ्सिर १६ गते आइतवार

लक्ष्मीपूजाको दिन घोराही बजारमा देखिएको रौनक (फोटोफिचर सहित)



१८ कार्तिक,घोराही –
दाङका बजारहरुमा तिहारका लागि किनमेल गर्नेहरूको भिडभाड बढेको छ । भाइ मसला, ओखर, रंगौलीका रंग, तामाका भाँडाकुडा र रंगबिरंगी मालाले बजार सजिएका छन् । चिसो बढेकाले लत्ता कपडा किन्नेहरुको पनि भिडभाड रहेको छ भने सवारीका साधनमा समेत चाप बढेको छ ।

गत वर्ष कोरोना महामारीले दसै तिहारजस्ता चाडपर्व खुलेर मनाउन नपाए पनि यस वर्ष भने मानिसले खुलेर चाडपर्व, मनाइरहेका छन् । गत बर्ष कारोना विरुद्धको खोप उपलब्ध नभए पनि यसपटक भने अधिकांश नेपालीले एक डोज भए पनि खोप लगाएका छन् ।

संक्रमण कायमै रहे पनि खुला रूपमा चाडपर्व मनाउन उत्साहित भएका हुन् । विशेषगरी तिहारमा दिदि बहिनीले आफ्ना दाजुभाइलाई भाइ मसला लगाएतका उपहार दिने चलन रहेकाले घोराही, तुलसीपुर, नारायणपुर, लमही भालुवाङ लगाएतका बजारमा किनमेल गर्नेहरुको भिड लागेको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्