२०८२ बैशाख १० गते मङ्गलवार

“मौरीको घार बढाउनु भन्दा पहिले महको स्रोतमा बृद्धी गर्नुहोस” : नगरप्रमुख चौधरी



१९ कार्तिक । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मौरीको घार बढाउनु भन्दा पहिले महको स्रोतमा बृद्धी गर्न कृषकहरुलाई आग्रह गर्नुभएको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयले घोराहीमा आयोजना गरेको मौरी चरण तथा स्थानान्तरणका विषयमा सरोकारवालाहरु सँगको छलफलमा नगर प्रमुख चौधरीले कृषकहरुलाई मौरीको गोला भन्दा पहिले महजन्य स्रोतको बृद्धीमा लाग्न आग्रह गर्नुभएको हो ।

महका लागि फुलजन्य विरुवा रोपण सँगै तोरी र सूर्यमुखीको खेतीमा ध्यान दिन नसके मौरीको घार बृद्धी गर्नुको अर्थ नहुने स्पष्ट पार्नुभयो । महको स्रोत विना मौरीको घार बृद्धीले उत्पादनमा कुनै अर्थ नराख्ने भन्दै चिउरी, साज लगाएतका वि?वा रोप्नु पर्नेमा नगर प्रमुख चौधरीले जोड दिनुभयो । परम्परागत शैलीले महको व्यवसायीकरण हुनै नसक्ने भन्दै उहाँले प्रत्येक मौरी पालक किसानले स्रोतजन्य बिरुवा रोप्नै पर्ने बताउनुभयो । भएका स्रोतमा मौरी चरणका विषयमा लडाई गर्ने तर स्रोत बढाउन ध्यानै नदिने प्रबृती देखिएको उहाँको भनाई छ ।

सरकारले अब मौरीको घार बृद्धीमा नभई स्रोत बृद्धीमा अनुदान दिनुपर्नेमा आबस्यकता औल्याउनुभएको छ । निर्देशनालयका निर्देशक हेमनारायण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरी पालक महासंघ लुम्विनि प्रदेशका अध्यक्ष रामहरी शर्माले प्रदेशभर २ हजार एक सय मौरी पालक किसान रहेको र ३५ हजार घार रहेको जानकारी दिनुभयो ।
प्रत्येक घारबाट बर्षेनी ३० किलो मह उत्पादन भैरहेको उहाँको भनाई छ । त्यसैगरी, दाङमा मात्रै साढे २ सय मौरी पालक किसान रहेको र १५ हजार घार मौरी रहेको जानकारी दिनुभयो

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्