१९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने जनाउनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिदै भन्नुभएको छ, ‘आज राति म सम्बोधन गर्नेछु । एउटा ठूलो जित ।’
सम्बोधनमा ट्रम्पले आफ्नो पकड र विचार राख्न चाहेको ट्रम्मको चुनावी अभियान हेर्दै आउनुभएका एकजना अधिकारीले बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार ट्रम्पले आफ्नो जितको घोषणा गर्न नभइ आफ्नो धारणा मात्र पेश गर्नुहुनेछ । ह्वाइट हाउसको पूर्वी कोठाबाट ट्रम्पले सम्बोधन गर्ने ती अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्र्धा भएको देखाएको छ । मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।