१९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै ३,८४४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ०३४ पुगेको छ। हालसम्म १ लाख ४४ हजार९७८ जना संक्रमणमुक्त भएका छन्।
काठमाडौं उपत्यकामा आज १ सय ८७८ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजा ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३० जना कोरोना संक्रमितको निधन भएको हो।
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार