२०८२ बैशाख १२ गते बिहिवार

महराकी श्रीमती सीता महराको शव नेपाली सेनाद्धारा पशुपतिमा व्यवस्थापन



१९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ । निमोनियाको बिरामी रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भएपछि उनको शब सेनाले व्यवस्थापन गरेको हो ।


शब व्यवस्थापन गर्ने क्रममा पूर्वसभामुख महरा र परिवारका सदस्यसहित विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएका थिए । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

                                                                                                                                                                                                                                             फोटो : डिल्ली मल्ल

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्