१८ असोज,घोराही –
दाङ देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी वर्ष २८ का बलबहादुर कुमाल र सोही ठाउँ निवासी वर्ष २८ कै मीनबहादुर वली रहेका छन् ।
गएराती एक बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा चामलको कट्टामा अन्दाजी २२ किलो र अर्को कट्टामा २५ किलो सुकुटी फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
नियन्त्रणमा रहेका उनीहरुले जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षण पछि मात्र केको हो भनेर पत्ता लाग्ने उहाँ भनाई छ । पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताउनुभयो ।।