२०८१ चैत्र १३ गते बुधवार

दाङमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु



१९ भदौ,घोराही –
दाङमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुईबजे घर नजिकैको कुलोमा अढाई माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए र केही बेरपछि घर्ती एक्कासी बेहोस भइ उपचारको लागि लमही अस्पतालमा मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्