१९ भदौ, घोराही –
तीजको अवसरमा नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा आज ‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषयक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष तथा महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोख्रलले समाजमा चलिआएका रितिरिवाज तथा संस्कृति संरक्षणका लागि मिडीयाको भुमीका महत्वपूर्ण हुने बताउनुभयो । पूजिवादी सस्कृति भित्रिएको भन्दै आफुभित्रको दायित्व भुल्न नहुने उहाँको भनाई छ ।
मिडीया मार्फत समाजलाई सकारात्मक दिशातिर लैजाने विषयलाई प्राथमीकता दिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पर्वका नाममा भएगरेका क्रियाकलापहरुलाई मनन् गर्न आवस्यक रहेकोमा जोड दिएका थिए । पछिल्लो समय तिज गितको नाममा व्यापार बढेको भन्दै त्यस्ता विषयलाई रोक्न आवस्यक रहेको बताए ।
त्यसअबसरमा प्रेस काउन्सिलका सदस्य सरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार लक्ष्मी आचार्य लगाएतले बोल्नुभएको थियो । ‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषय माथि सस्कृतविद् शुष्मा शर्मा (घिमीरे) र किशोरचन्द्र गौतले समिक्षा गर्नुभएको थियो ।
तिज पर्व आउदै गर्दा शहर बजारमा किनमेल गर्नेको भिडभाड छ भने कोरोना संक्रमण अलि मथ्थर हुदै जाँदा नाचगान र दर खान जमघट हुदै गएको छ ।।