१९ भदौ, घोराही –
दाङ प्रहरीले स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे २ बजे प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अवैध हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आईरहेको र उक्त हतियार बुढामगरले आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
घोराही १३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्वरकोे स्कुटी मुनी रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।।