२०८२ बैशाख १० गते मङ्गलवार

लुम्बिनी प्रदेशका २ सय ५९ जनाको बैदेशिक रोजगारीमा मृत्यु



१९ भदौ, घोराही –
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट बैदेशिक रोजगारीका लागि गएका २ सय ५९ जनाको एक बर्षको अबधीमा कार्यस्थलमै मृत्युभएको छ । बैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २ सय ५७ जना पुरुष र २ जना महिला गरी २ सय ५९ जनाको मृत्युभएको हो ।

जस अनुसार दाङका ३३, रोल्पाका २७, रुपन्देहीका २९, गुल्मीका १४, पूर्वी रुकुमका २, पाल्पाका २३, बर्दियाका १३, नवलपरासि पश्चिमका ४०, बाँकेका १४, कपिलबस्तुका २२ र अर्घाखाँचीका १७ जनाको विदेशमा मृत्युभएको हो ।

विरामी भई, दुर्घटनामा परि, आत्महत्या, हत्या लगाएतका कारण उनिहरुको मृत्युभएको बोर्डले जनाएको छ । गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै साउदीमा छ ।

साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्