१९ भदौ, घोराही –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोनाका लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जानकारी दिनुभयो ।
स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला लाग्नु, सास फेर्न समस्या हुनु, टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने उहाँको भनाई छ ।
स्क्रब टाइफस एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उहाँका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण गर्ने गर्छ ।