१९ भदौ,घोराही – जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो सुन सहित २ जनालाई पक्राउ गरेको छ । श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट प्रहरीले चार किलो सुन बरामद गरेको हो ।
नेपालगञ्ज विमानस्थलबाट झापा बिर्तामोड–८ का २६ वर्षिय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग नगरपािलका घर भएका २६ वर्षिय बुद्धीमान खातीलार्ई ४ किलो सुन सहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।
श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट नेपालगञ्ज आएका दुई जना पेसेन्जरको साथबाट सुनजस्तो देखिने ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुुभयो ।