१९ भदौ, घोराही –
कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत लमहीकी एक महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
यही भदौ १० गतेबाट अस्पतालको आईसियू कक्षमा उपचार गराई रहनुभएकी लमही ९ का २४ वर्षिय एक महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ ।
मृतक महिलामा कोरोनासँगै निमोनिया र स्वासप्रस्वास सम्बन्धि समस्या देखिएको थियो । यो सहित दाङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २११ पुगेको छ । अहिले बेलझुण्डी अस्पतालको आईसियू कक्षमा ७ जनाको उपचार भैरहेको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार