२० असार, काठमाडौं – नेपाल प्रहरीका १७ जना डीआईजीमा सरुवा (पदस्थापन) भएको छ। गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को आइतबार भएको निर्णयानुसार नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ बढुवा भएका प्रहरी नायव महानिरीक्षकहरुको पदस्थापन गरिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
उनका अनुसार बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवरको प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, दोस्रोमा रहेका टेकप्रसाद राईको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, तेस्रोमा रहेका अशोक सिंहको प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्सालमा सरुवा भएको छ।
त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत भिम प्रसाद ढकालको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालय नक्सालमा सरुवा भएको छ। अन्तिम १७ नं मा बढुवा भएका किरण राणालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ।
कसलाई कहाँको जिम्मेवारी दिइयो ? हेर्नुहोस्
अन्नपुर्णपोष्टबाट