२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरको पातुखोलामा नवजात शिशु मृत फेला



२० असार, घोराही –
दाङको तुलसीपुर पातुखोलामा नवजात शिशु मृत फेला परेको छ । आज (आईतबार) विहन साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ९ पातुखोलामा नवजात शिशु मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक शर्माले जानकारी दिनुभयो ।

खोलाको पानी सल्यानतिरबाट आउने भएकोले कँहाबाट बगाएर ल्याएको हो एकिन थाहा हुन नसकेको उहाँले बताउनुभयो । साथै मृतक शिशुको पहिचान खुलेको छैन । मृत नवजात शिशुको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्