२०८१ माघ २६ गते शनिवार

लागु औषध सहित तुलसीपुरका एक युवक पक्राउ



२० असार, दाङ –
दाङको तुलसीपुरमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलक शर्माका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी २७ बर्षीय पन्त ९ शनिबार बेलुका ८ बजे तुलसीपुर १३ दमारगाउँस्थित प्रहरी चेकप्वान्टबाट पक्राउ परेका हुन ।

नेपालगञ्जबाट ट्याक्सी बुक गरेर एक्लै आइरहेका पन्तलाई आशंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ ग्राम प्रतिबन्धित ब्राउन सुगर बरामद भएको हो ।

ट्याक्सी र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तर, ट्याक्सी चालकले आफु भाडामा आएको हुँदा पन्तले ब्राउन सुगर ल्याएको बारेमा अनभिता ब्यक्त गरेका छन् ।
चालकको सम्लग्नता भए नभएको बारे अनुसन्धान जारी रहेको प्रहरीले प्रबक्ता शर्माले जानकारी दिनुभयो  ।

पक्राउ परेका पन्तलाई आइतबार म्याद थपका लागि दाङ जिल्ला अदालत घोराहीमा लगिएको प्रहरीले जनाएको छ ।

पन्त बिकरुद्ध लागु औषध सम्बन्धि मुद्दा चलाएर आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्