२०८१ असोज २३ गते बुधवार

दाङमा निषेधाज्ञा थप खुकुलो भएसँगै बजारमा भिडभाड बढ्यो



२० असार, घोराही –
कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा थप खुकुलो भएसँगै दाङका मुख्य बजारहरुमा चहलपहल अत्याधिक बढेको छ । सडकमा सवारी साधनको चाप र बजारमा मानिसको चहलपहल अत्यधिक बढेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि दाङमा वैशाख १७ गतेदेखि लागू भएको निषेधाज्ञा असार दोस्रो सातादेखि थप खुकुलो बनाईएको छ । खुकुलो निषेधाज्ञामा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले आग्रह गर्दै आएपनि त्यसको पालना भने भएको छैन् ।

दाङमा अहिले पनि दैनिक कोरोना संक्रमितहरु थपिने क्रममै छ । केही दिन संक्रमण घटे पनि पिसिआर परिक्षणलाई बढाउदा संक्रमितको संख्या पनि बढेको हो । तेस्रो लहरको भाइरस संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले बढ्दो भीडभाड र चहलपहलले चुनौती सृजना गर्ने भन्दै सजक हुन सबैलाई आग्रह गर्नुभएको छ ।भिडभाड सँगै व्यापारी तथा पसलेहरुले र उपभोक्ताहरुले मास्क नलाएको देखिएको छ ।

बजारहरु सँगै सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरुमा पनि नागरिकहरुको भिडभाड छ । दाङका घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा, नारायणपुर, हापुरे लगायतका बजारमा किनमेलको भीडभाड नै लाग्ने गरेको छ ।।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्