२०८१ असोज १९ गते शनिवार

पत्रेखोलाको कचवेमा कंक्रिट ढलान गरियो



२० असार, घोराही –
घोराही तुलसीपुर सडक खण्डको पत्रेखोलाका बिग्रिएको कचवेलाई मर्मत गरिएको छ । आज बिहान देखी गाडी आवतजावतलाई रोकेर बिग्रिएको कचवेको मर्मत गरिएको हो । उक्त खोलामा पुल बन्दै छ ।

निर्माण प्रकृया थालेको ७ बर्ष सम्म पनि पुल नबन्दा नागरिकहरुले सास्ती भोग्दै आएका छन् । पानी बगिरहेको कचवेको पश्चिम भागमा ठूलो खाडल परेपछि गाडी र पैदलयात्रुहरुलाई आवतजावतमा समस्या परेको थियो ।

केही दिन पहिले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निरिक्षण गर्दै ३ दिन कचवेमा कंक्रिट ढलान गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशन अनुसार सडक डिभिजन र निर्माण व्यवसायीले आज कचवेमा ढलान गरेका हुन् ।

आज विहान ८ बजे देखी पर्सि राती १० बजे सम्म सवारी आवागमनलाई रोकेर उक्त मर्मत थालिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनुभएको छ ।।

 

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्