२०८२ बैशाख १८ गते बुधवार

कक्षा १२ को परीक्षा साउन अन्तिम साता



२० असार,घोराही –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।

भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए लगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको छ ।

अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पार्नुभएको छ । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्