२१ जेठ,घोराही – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर परिवर्तनका लागि प्रभावकारी सेवा प्रवाह गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अपिल गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्नु पर्ने बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले आज आयोजना गरेको लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले संविधानले स्थानीय सरकार, प्रदेश, सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्तित्वको भावनालाई अगाडि बढाएको बताउनुभयो ।
उहाँले संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नु सबै तहमा जनप्रतिनिधिहरूको दायित्व भएको बताउनुभयो । उहाँले सङ्घ, प्रदेश, स्थानीय तहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि अनुरोध गर्नुभएको छ ।
सोही अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहलाई समन्वय गरी लुम्बिनी प्रदेशबासी जनताको जीवनस्तरलाई परिवर्तन गर्नका लागि आग्रह गर्नुभएको छ ।।