२०८१ जेष्ठ ३० गते बुधवार

दाङ–सल्यान सडकमा ढुंगा बोक्ने टिप्परलाई प्रतिबन्ध



२१ जेठ, सल्यान –  टिप्परहरु अत्यधिक भारबहन सहित आवतजावत गर्दा नागरिकको स्वास्थ्य एवं वातावरणमाथी ठुलो असर गरेको भन्दै दाङ–सल्यान सडक खण्डमा ढुंगा ओसारपसार गर्ने टिप्परलाइ प्रतिबन्ध लगाइएको छ । कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले ढुंगा ओसारपसार गर्ने टिप्परहरुलाइ प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यो सडक खण्डमा रोल्पा सिमेन्ट प्रालिका टिप्परहरु अत्यधिक भारबहन सहित आवतजावत गर्ने गर्दछन् । जसले गर्दा कपुरकोट क्षेत्रका नागरिकको जिउधनमा सुरक्षामा ठुलो समस्या रहेको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो।

स्थानीयहरुको मागअनुसार ढुंगा बोक्ने टिप्परमा प्रतिबन्ध लगाउने निर्णय गरेको उहाँको भनाई छ । उक्त निर्णय सबै सरोकारवालाहरुलाइ पत्रचार गरेको पनि बताउनुुभयो । गाउँपालिकाको निर्णयसँगै स्थानीयहरु टिप्पर रोक्न सडकमै उत्रिएका छन् ।

रोल्पाको त्रिवेणीमा रहेको रोल्पा सिमेन्ट प्रालिले दैनिक १ सय ५० भन्दा बढी टिप्पर प्रयोग गरेर सल्यानको कपुरकोट हुँदै दाङ तर्फ ढुंगा निकासी गर्दै आएको छ । सिमेन्ट उत्पादनको नाममा रोल्पा सिमेन्ट प्रालिले नागरिकको जिउधन र प्रकृतिमाथी ठुलो असर गरेको भन्दै पटकपटक स्थानीयहरुले बिरोध गदै आएका थिए ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्