२१ जेठ, घोराही – रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको छ ।
रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय रहेका छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो ।
कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ । रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ । तर, किताब भने न्यून मात्रामा आएको छ । अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ ।
नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो । विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाको भनाई छ ।।