२१ जेठ,घोराही –
दाङमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी ३२ वर्षिय विरबल गरङ्जालाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो ।
यसअघि पनि ब्राउन सुगर केसमा फरार गरङ्जा आज (शुक्रबार) ११ बजे पक्राउ परेको प्रवक्ता रिजालले बताउनुुभयो । उनलाई पक्राउ गरी लागु औषध कारोबार मुद्या चलाइ थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार