२०८२ बैशाख १२ गते बिहिवार

घोराहीमा भरपर्दो विद्युत नहुँदा अक्सिजन उत्पादनमा समस्या



२१ बैशाख, घोराही ।
कोरोना संक्रमित भई जटिल अवस्थामा रहेका बिरामीहरुलाई अहिले दाङमा अक्सिजनको चरम अभाव रहेकोछ । घोराहीमा रहेको दाङ अक्सिजन उद्योग प्रा.लि अहिले चालु अवस्थामै रहेपनि भरपर्दो विद्युत नहुँदा यो संकटमा उद्योगले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकेको छैन् ।

उद्योगले दैनिक दुई सय वटा सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता भएपनि विद्युत नियमित नहुदा उत्पादनमा समस्या भएको उद्योगका म्यानेजर भरत पौडेलले बताउनुुभयो ।

सरोकारवालाहरुले तत्काल ध्यान दिएर २४ घण्टा विद्युत लाइनको व्यवस्था गरे यो संकटलाई टार्न सकिने उहाँको भनाई छ । कोरोना संक्रमित विरामीहरुका लागि जिल्लामा दैनिक एक हजार अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्