२०८१ फाल्गुन ४ गते आइतवार

दाङ उद्योग बाणिज्य संघद्धारा अस्पताललाई ५० वटा अक्सिजन सिलिण्डर



२१ बैशाख,घोराही ।
दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताललाई दाङ उद्योग बाणिज्य संघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार ५० वटा अक्सिजनका सिलिण्डर उपलब्ध गराईएको हो ।

अहिले अस्पतालमा अक्सिजन सिलिण्डर अभाब हुँदा समस्या हुने गरेको भन्दै सहयोग आह्वान गरिएको छ । सोही अनुसार सहयोग आएको ओलीले बताए । उनका अनुसार अहिले अस्पतालमा १८० अक्सिजन सिलिण्डर रहेका छन् । ५३ जना संक्रमित राखिएको छ ।

करिब पाँचसय सिलिण्डर आबश्यक पर्ने भएपनि अहिले जसोतसो १८० सिलिण्डर ले नै काम चलाउनु परेको उनको भनाई छ । अहिले चिकित्सकसहित ६ जनाको मात्रै जनशक्ति भएकाले कर्मचारी भर्ना समेत गर्न थालिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्