२०८१ जेष्ठ ३१ गते बिहिवार

५ लाखमा बन्यो घोराहीमा ग्रिन पार्क चौतारी




२१ चैत,घोराही –
स्वर्गद्वारी आश्रम क्षेत्रमा वातावरणमैत्री ग्रिन पार्क चौतारी निर्माण गरि उदघाटन गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८–०७९ मा विनियोजित ५ लाख बाट ग्रिन पार्क निर्माण गरि आज उदघाटन गरिएको हो ।

वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सो ग्रिन पार्कको उदघाटन गरिएको हो । सानो लगानीमा निर्माण गरिएको ग्रिनपार्कले यहाँको वातावरण सुन्दरताकायम गर्न र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने केन्द्र बन्ने विश्वास नगर प्रमुख चौधरीले व्यक्त गर्नुभयो ।

पालिकाका तर्फबाट बनाईएको साझा सम्पत्तिलाई अब स्थानीय टोलबासीले संरक्षण गर्न र यसको दिगो व्यवस्थापन गर्दै लैजान अपिल गर्नुभयो । यसका लागि थप सहयोग गरि पूर्वाधार विकासमा पालिका सकारात्मक रहेको अवगत गराउनुभयो । सो अवसरमा ग्रिन पार्क निर्माण उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र रोकाले पार्क निर्माण प्रकृयाका बारेमा जानकारी गराउनुभयो ।

उदघाटन कार्यक्रममा वडा सदस्य गुलाम रसुल, पालिकाका कर्मचारी प्रेम केसी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिलगायत सहभागी हुनुभएको थियो । कार्यक्रमको सहजीकरण स्वर्गद्वारी आश्रम टोल विकास संस्थाका सचिव विष्णु बुढाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्