२०८० फाल्गुन १२ गते शनिवार

पत्रकार महासंघ दाङलाई आचारसंहिता बोर्ड प्रदान




२१ चैत,घोराही – प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान गरेको छ । काउन्सीलले सोमवार पत्रकार महसंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड र काउन्सीलले प्रकाशन गरेको पुस्तकहरू प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको उपस्थितिमा प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी र सचिव आर।के।शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहायअनुसार कार्य गर्नुहुदैन लेखीएको बोर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तकहरू प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पछिल्लो समय नागरिक समाजबाट पत्रकारितामाथी विभिन्न प्रश्नहरू उठीरहेकाले आचारसंहिता पालना गरेर पत्रकारिता गर्नअनुरोध गर्नुभयो । उहाँले निर्वाचन नजिकिरहेकाले निर्वाचनको समयमा आचारसंहिता पालना गर्न विशेष सजग रहनुपर्ने पनि बताउनुभयो ।

प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सीलले पत्रकारहरूलाई आचारसंहिता बारे सचेत बनाउने भएकाले हरेक पत्रकार महासंघ, जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरूका हातहातमा पुर्याउने बताउनुभयो । जुन अभियान अन्तरगत काठमाडौँ उपत्यका बाहिर पहिलो पटक पत्रकार महासंघ दाङ शाखालाई बोर्ड प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्