२०८० फाल्गुन १२ गते शनिवार

गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठान प्रतिबद्ध छः डा. लामिछाने



२१ चैत ,घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले नागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठान लागि परेको बताउनुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा परचयात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नागरिकहरु सेवा लिनका लागि वाहिर जान नपरोस भन्ने उदेश्यका साथ आफुहरुले काम गरि रहेको उहाँकाृ भनाई छ । आफु यसै क्षेत्रको भएकाले समस्याका बारेमा जानकार रहेको बताउदै काम गर्दा हुने कमि कमजोरीका बारेमा सल्लाह सुझाव दिन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुसुदन बैद्यले प्रतिष्ठानले शैक्षिक कार्यक्रमलाई छिट्टै अगाडि वढाउनु पर्ने बताउनुभयो । संघका पुर्व अध्यक्ष तथा अस्पताल सरोकार समितीका संस्थापक अध्यक्ष चन्द्रराज पन्तले नागरिकलाई सहज सेवा प्रदान गर्न तर्फ प्रतिष्ठान अगाडि वढनु पर्ने बताउनुभएको थियो ।

संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्