२०८१ कार्तिक २३ गते शुक्रवार

एमालेको बाकसमा जिरो मत पार्नुपर्छ: नेता खनाल




२१ चैत,घोराही –
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आउने बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेको बासमा जिरो मत दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने बताउनुुभयो । नेकपा एकिकृत समाजबादी दाङको जिल्लास्तरीय अगुवा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले संविधान उल्लंघन गर्ने व्यक्तिलाई जेल सजाय दिनुपर्नेमा ओलीलाई अहिलेसम्म सजाय नमिलेको बताउनुुभयो ।

एमालेलाई स्थानिय तहको चुनाबको बाकस खालि गराएर जनताले सजाए दिनुपर्ने उहाँले बताउनुुभयो । एमाले आउने चुनाबमा अनौपचारिक र औपचारिक रुपमा चरम दक्षिणपन्थिसंग मिलेर साठगाठ र तालमेल गर्न खोजेको आरोप लगाउनुुभयो । एमालेले राप्रपाका दाहिने र देब्रे समुहसंग चुनाबी तालमेल गरेर दराबारियासंग मिलेर जनताको अभिमतविरुद्ध जान खोजेको टिप्पणि गर्दै भित्र भित्रै लोसपा र सिके राउतसंगको समुहसंग चुनाबी तालमेल गर्न ओलि गुटले बार्ता गरिरहेको बताउनुुभयो ।

नेपाली कांग्रेसमा गठबन्धनलाई लिएर दुई धार रहेको बताउँदै नेपालले मिल्नेजतिलाई मिलाएर जानुपर्ने उल्लेख गर्नुभयो । नेकपा एसका केन्द्रिय सचिब भागबत बिश्वासि र लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले नेकपा (एस) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । एमाले पार्टीलाई कुनैपनि हालतमा दाङमा पराजित गराएरै छाड्ने बताएका छन् ।।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्