२०८१ माघ २६ गते शनिवार

गठबन्धनको बैठक मंगलबार बस्ने, तालमेलको ‘मोडालिटी’बारे छलफल हुने



२१ चैत,काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे थप निर्णय गर्न गठबन्धनको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमण सकेर आइसकेकाले गठबन्धनको बैठक मंगलबार बस्ने भएको हो ।

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेपनि पाँच दलिय गठबन्धनमा भने यसको मोडालिटि बनिनसकेको स्थिती छ । मंगलबारको बैठकले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे बिस्तृत रुपमा निर्णय गर्ने नेताहरुको भनाइ छ । काँग्रेसले आवश्यकताका आधारमा स्थानीय तहहरुमा तालमेल गर्ने बताउदै आएको छ । यद्यपि काँग्रेका केही नेताहरुले तालमेलको गर्ने निर्णयको बिरोध जनाउदै आएको छ ।

काँग्रेस भित्रै एक्लै निर्वाचनमा जानु पर्ने र गठबन्धन गर्नु पर्ने भन्ने विवाद उब्जिरहहेको छ । उता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्र पनि काँग्रेसँग गठबन्धन हुने विषयमा पूण रुपमा ढुक्क भने छैन । उसले माओवादी केन्द्र एक्लै चुनावमा जाने हैसियत राख्ने र २०० बढी स्थानीय तहहरुमा जित निकाल्न सक्ने दाबी समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्