२०८१ साउन ४ गते शुक्रवार

कुल जनसङ्ख्याको १८ प्रतिशतभन्दा बढीमा कानको समस्या



२० फागुन, घोराही
नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशतभन्दा बढी नागरिकमा कानसम्बन्धी समस्या रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेको नतिजाअनुसार नेपालमा १८.८ प्रतिशत जनसङ्ख्यामा कानको समस्या रहेको पाइएको हो ।

सातवटै प्रदेशका २८ जिल्लामा समुदायस्तर तथा विद्यालयका १७ हजार ५९ जनामा उक्त सर्भे गरिएको थियो । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाअन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले दुई चरणमा सम्पन्न गरेको सर्भेले यस्तो समस्या रहेको देखाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४.८ प्रतिशतमा कानको समस्या तथा रोग रहेको छ । १८ वर्षमुनिका १.२२ प्रतिशत र पुरुषभन्दा महिलामा ०.९४ प्रतिशत समस्या पाइएको हो ।

डा. बुढाथोकीले बढ्दो चर्को ध्वनि, कानको सङ्क्रमण, उपचारमा ढिलाइ, प्राथमिक उपचारमा पहुँचको कमीका कारण कानसम्बन्धी समस्या बढेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्