२०८१ फाल्गुन ३ गते शनिवार

नापतौल शिविरमा ३ सय ७७ जनाले सेवा



२० फागुन,दाङ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको नापतौल शिविरमा ३ सय ७७ जनाले सेवा लिएका छन् । फागुन १४ गतेबाट आयोजना गरिएको शिविरमा ३ सय ७७ जनाले सेवा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुुभयो ।

नाप तौल शिविरमा व्यवसायीहरुले आफ्ना ढक, तराजु, मिटरको चेकजाँच गराएका थिए । दाङमा नाप तौलको कार्यालय नहुँदा व्यवसायीहरुलाई नेपालगञ्ज जानुपर्ने बाध्यता भएकाले व्यवसायीहरुलाई सहज सेवा दिनका लागि उद्योग वाणिज्य संघले शिविरको आयोजना गरेको संघका अध्यक्ष बुढाकोकीले बताउनुभयो ।

शिविरमा नाप तौलका वस्तु परीक्षण गर्न पाएपछि ब्यवसायीहरुले नेपागञ्जसम्म जाने समय तथा पैसासमेत बचत भएको बताएका छन् । शिविरमा सुनचाँदी व्यवसायी, गल्ला व्यवसायी, मिल व्यवसायी, काचो कपडा व्यवसायी, हार्डवेयर व्यवसायीहरुले सेवा लिएको संघका महास चिवमहेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्