२० फागुन,घोराही । आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला ८७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार