२१ माघ,घोराही –
दाङमा आज पनि कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढेको छ । जिल्लाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि हुदा ६६ जना निको भएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसीआर परिक्षणबाट ९ जना र विभिन्न पालिकामा ३५ जनाको एन्टीजेन परिक्षणबाट १९ जना गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यस्तै संक्रमण पुष्टि हुनेमा राप्तीका १२, घोराहीका ७, तुलसीपुरका ५, राजपुर, शान्तिनगर, गढवा र दंगीशरणका १/१ जना रहेका छन् । यसैविच आज कोरोना मुुक्त हुनेमा एन्टिजेनबाट ५० र पिसीआरबाट १६ गरि ६६ जना रहेका केन्द्रले जनाएको छ ।
दाङमा अहिले सकृय बिरामीको संख्या २९० मा झरेको छ । उनिहरु मध्य २८२ जना घरमै, आईसीयुु र अक्सिजन सहितको उपचारमा एक/एक जना रहेको केन्द्र दाङले जनाएको छ ।।