२०८१ मङ्सिर २५ गते मङ्गलवार

सहकारी रकम हिनामिना प्रकरणको समाचारप्रति संघको आपत्ति




२१ माघ,दाङ –
देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरण सम्बन्धी केहिदिन अघि संचारमाध्यममा आएको समाचारप्रति जिल्ला सहकारी संघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सहकारीको महाप्रभु सेवाकेन्द्रको रकम अपचलन भएको र संचालकलाई पक्राउ गरेको संचार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको भन्दै संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा र सचिव शुक्रराज भण्डारीले शुक्रबार एक विज्ञप्ती जारी गरी सहकारीको रकम हिनामिनामा सम्बन्धित दोषिले स्विकार गर्दागर्दै पनि सहकारीका संचालकलाई पक्राउ गरिएको र संचारमाध्यममा पिडितलाई झन् पिडा दिने किसिमले समाचार बाहिर आएको भन्दै आपत्ति जनाउनुभएको छ ।

संघले कर्मचारीको कारण सहकारी संचालकलाई ५० लाख धरौटी मागेकोप्रति आपत्ति जनाएको छ । सहकारी संस्थामा जम्मा गरेको शेयर तथा बचतको उचित संरक्षण हुनुपर्छ, यदि कसैबाट सदस्यको बचत तथा शेयर रकम हिनामिना भएको भए दोषि उपर कार्बाही हुनुपर्छ, पिडितले रकम फिर्ता पाउनुपर्छ तर कर्मचारीको गल्तीका कारण सहकारी संचालकलाई पक्राउ गर्नु न्यायसंगत छैन्, पूर्व संचालकलाई समेत पक्राउ गरी लाखौँ धरौटी माग्नु न्यायसंगत छैन्, यस्तो कार्यले सहकारीको अभियानमा नकारात्मक असर परेको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना मुद्दामा केहि दिन अघि संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवालीलाई ५०/५० लाख धरौटीमा छोडिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्