२१ माघ,घोराही –
दाङमा डेढ सय शिक्षक दरबन्दी खाली रहेको छ । जिल्लाभर १५१ शिक्षक दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय दाङले जनाएको छ ।
कार्यालयका अनुसार प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तह गरेर उक्त संख्यामा शिक्षक दरबन्दी खाली भएको हो । जिल्लामा अहिले प्राथमिक तहमा १२२ जना, निम्नमाध्यामिक तहमा २३ जना र माध्यामिक तहमा ६ जना गरि १५१ जना शिक्षक दरबन्दी खाली भएको कार्यालयले जनाएको छ ।
प्राथमिक तहमा घोराहीमा ३९ जना, तुलसीपुरमा २१, लमहीमा २, राप्तीमा ५, गढवामा ८, राजपुरमा १३, बंगलाचुलीमा १७, दंगीशरणमा ४, शान्तिनगरमा ३ र बबईमा १० जनाको दरबन्दि खाली रहेको कार्यालय जानकारी दिएको छ ।
यस्तै निमावी तहमा घोराहीमा ४ जना, तुलसीपुरमा ४, राजपुरमा ४, बंगलाचुलीमा ५, र बबईमा १ जनाको दरबन्दि खाली रहेको छ । यसैगरि माध्यमिक तहमा घोराहीमा २, तुलसीपुरमा १, राप्तीमा १, राजपुरमा १, बंगलाचुलीमा १ जनाको दरबन्दि खाली रहेको कार्यालय जानकारी दिएको छ ।।