२०८२ बैशाख ११ गते बुधवार

५ बजेपछि प्रचण्ड-नेपाल समूहको आमहड्ताल फिर्ता



२२ माघ,घोराही ।

नेकपाको प्रचण्ड माधव समूहले आज गरेको आम हड्ताल बुलुकी ५ बजेदेखी खुलाईएको छ । संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले गरेको आम हड्ताल दाङमा बेलुकी ५ बजेदेखी खुलाईएको हो ।

घोराहीको तुलसीपुर चोकमा कोण सभा गरेर नेकपाको प्रचण्ड माधव समुहका कर्यकर्ताहरुले बन्द खुलेको जानकारी दिएका हुन् । कोण सभालाई नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज जिवन गौतम, नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सहईन्चार्ज निर्मल आचार्य, प्रदेश कमिटी सदस्य लक्षमण आचार्यले सम्बोधन गर्नुभएको थियो ।

यस्तै बन्दको प्रभाव दाङमा पनि देखिएको छ । दाङका बजार क्षेत्रमा अटो तथा मोटरसाईकलहरु सञ्चालनमा आएपनि अन्य लामो तथा छोटो दुरीका यातायातका साधनहरु, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द पुर्णरुपमा बन्द रहेका थिए ।

जसले गर्दा अत्याआवस्यक यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थी लगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् । बन्दकर्ताहरु सडकमै देखिएका थिए ।

साथै जिल्ला प्रहरी कार्यालय दाङले बन्दको समयमा आज सुरक्षा व्यवस्थालाई थप कडाई गरेको थियो । उता बन्दका कारण विहानै काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको छ ।

बन्द गराउन सडकमा निस्केका प्रचण्ड माधव समूहका कतिपय कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका थिए ।।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्