२२ माघ, घोराहि । तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार भएको छ । तुलसीपुरको गोरखाबोर्डीङ नजिकै युवक माथि खुकुरी प्रहार भएको हो । तुलसीपुर उपमहानगरपालिका–६ गोरखा बोर्डीङ बस्दै आएका १७ बर्षका सविन विकमाथि बिहान ११ बजे खुकुरी प्रहार भएको पिडितले जानकारी दिएका छन् । युवकको टाउकोमा गहिरो चोट लागेको छ ।
विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । पिडितका अनुसार तुलसीपुरको गुल्म पछाडी बस्दै आएका दिनेश, कुमार पुन, निरज भन्ने तीन जना युवाहरुले कुटपीट गरेर खुकुरी प्रहार गरेका थिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले घटनाको विषयमा जानकारी नआएको बताउनुभयो ।