२२ माघ, दाङ । प्रहरीले मोरङको उर्लाबारी नगरपालिकाबाट माटोमुनि गाडेको अवस्थामा एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । उर्लाबारी १ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । यस बारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार