२२ माघ,घोराही ।
नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले गरेको आम हड्तालको प्रभाव दाङमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल–नेपाल समूहले आज आम हड्ताल गरेको हो । दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका प्रमुख बजार घोराही,तुलसीपसर,लमही लगाएत अन्य बजारहरु पनि ठप्प रहेको छन ।
एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधीका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् ।
घोराहीको तुलसीपुर चोकमा भने प्रचण्ड–नेपाल समुहका नेताकार्यक्रताहरु भेला भएका छन ।जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जबरजस्ती बन्द गराउन नपाइने भन्दै यदि त्यस्तो गरेमा प्रहरीले कानुन बमोजिम कारबाही गर्ने चेतावानी दिनुभएको छ । दुवै समूह उग्ररुपमा प्रस्तुत भए झडपको सम्भावना रहेकाले पनि यातायात र बजार सञ्चालन गर्न सर्वसाधारण डराएका हुन्। जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्।