२०८१ मङ्सिर २४ गते सोमवार

रुकुम पूर्वमा साथीबीच झगडा हुँदा एक जनाको ज्यान गयो



२० पुस, घोराही – रुकुम पूर्वमा सँगै गाई चराउन जङ्गल गएका एक बालकको ज्यान गएको छ । दुई जना साथीबीच कुटपिट हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डीएसपी गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको नौ वर्षका साथीसँग झगडा भएको थियो ।

झगडा हुँदा नौ वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते भएका थिए । घाइते बालकको उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्युुभएको हो ।

कुटपिट गरेर भिरबाट खसाल्ने नौ वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्