२० पुस, घोराही – घोराही उपमहानगरपालिकाले आज देखी विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुुरु गरेको छ । नगर भित्रका सामुुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर खोप लगाउन सुुरु गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
१२ बर्ष देखी १७ बर्ष उमेर समूूहका विद्यार्थीहरुलाई यही पुस २४ गते सम्म मोडेर्ना खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभएको छ ।
नगर भित्रका ८० बढी विद्यालयका २५ हजार ९ सय ४० जना विद्यार्थीहरुलाई खोप लगाउने लक्ष्य लिईएको उहाँको भनाई छ ।
नगरमा अहिले सम्म ९८ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको पहिलो डोज खोप लगाएको जानकारी दिनुुभयो । एक लाख २१ हजार ७ सय ९३ जनाले पहिलो डोज र ७३ हजार ४ सय ६५ जना अर्थात ५९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।।