२० पुस, दाङ- राष्ट्रिय सभा सदस्य पदका लागी लुम्बिनी प्रदेश निर्वाचन अधिकृतको कार्यालय दाङमा छ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वान कार्यतालिका अनुसार मनोनयन दर्ताका लागी मंगलवार विहान दश बजेदेखी दिउँसो तिन बजे सम्म समय तोकिएको थियो ।
यो अवधीमा लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । आउदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागी प्रदेशबाट चार राजनितिक दलको तर्फबाट छ जनाले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय सभा सदस्यका लागी नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको उहाले जानकारी दिनुभयो । यस्तैगरी कांग्रेसको तर्फबाट बाँकेका युवराज शर्मा, जनमोर्चाको तर्फबाट रुपन्देहीका कुल प्रसाद विश्वकर्मा र नेकपा एकिकृत समाजवादीको तर्फबाट पाल्पाका राजेन्द्र लक्ष्मी गैरेले मनोनयन दर्ता गराउनु भएको छ ।
मनोनयन दर्ता गराएकाहरुको सुची मंगलवार प्रकाशन गरिनेछ । उम्मेदवारहरु विरुद्ध बुधवार दावी विरोध गर्न सकिने छ भने २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रशान गरिने उहाले जानकारी दिनुभयो । प्रदेशबाट एक जना दलित, एक जना महिला र अन्य समुदायका एक जना गरी तिन जना निर्वाचित हुनेछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी जम्मा २९६ मतदाता रहेका छन् ।