२० पुस,घोराही।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागी आज घोराहीमा मतदान भईरहेको छ । विहान आठ बजेदेखी सुरु भएको मतदानमा अहिले सम्म २ हजार ४ सय बढि मत खसेको उद्योग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ ।
जिल्लामा चार हजार तिन सय ३८ मतदाता रहेका छन् । अध्यक्ष र कोषाध्यक्ष पदमा सहमती हुन नसकेपछि दुई पदमा निर्वाचन भएको हो । अध्यक्षमा बर्तमान उपाध्यक्षहरु बसन्त जोशी र टंकसिंह बुढाथोकी तथा कोषाध्यक्ष पदमा बर्तमान कोषाध्यक्ष शुसिल पोख्रेल र सदस्य धनपती शर्मा चुनावी मैदानमा रहनु भएको छ ।
अन्य विभिन्न १९ पदका पदाधिकारी एवं सदस्यहरु भने यस अघि नै सर्वसम्मत चयन भईसकेको छ । सहमती जुट्न नसकेका कारण अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो । मतदान बेलुका साढे ६ बजे सम्म जारी रहने जनाईएको छ ।।