२०८१ फाल्गुन ४ गते आइतवार

पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ जनाको मृत्यु



२० पुस, दाङ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये ९७ प्रतिशतभन्दा धेरै निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ६२ हजार दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ५५ हजार ८८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो कुल सङ्क्रमितको ९७ दशमलव २६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा चार सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच सय ९४ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सात जनासहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबारसम्म नेपालमा पाँच हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने तीन सय ४२ जना क्वरेण्टीनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्